पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली

1.05K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए ।

भेटमा पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको बताइएको थियो ।

उनीहरुबीच करिब २ घण्टा कुराकानी भएको थियो ।