सुमो घरमा छिरेपछि…

2.11K
shares

चपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा न ८ सन्तपुरमा टाटा सुमोले घरमा ठक्कर दिँदा क्षति पुगेको छ ।

शनिबार साँझ सडकमा गुडी रहेको ना १ ज २०८२ नम्बरको शिखरापुर टाटा सुमो अनियन्त्रित भएर घरमा छिर्न पुगेको हो ।

चन्द्रनिगाहपुर गौर सडक भन्दा ३० मिटर पर रहेको दिनेश सापकोटाको घर भित्र सुमो छिरेको स्थानीयले बताएका छन् । घरको आँगनमा रहेकाहरूले भागेर ज्यान जोगाउन सफल भएको स्थानीय जनकराज भारतीले बताए । उनका अनुसार सो समयमा दिनेशका आमा, श्रीमती, छोराछोरी, भाउजू र भतिजी आँगनमै बसिरहेका थिए ।

अचानक सुमो आएको थाहा पाउने बित्तिकै घरका परिवारका सदस्य भागेका कारण मानवीय क्षति नभएको उनको भनाइ छ । तर, घरको गारो भत्किएकाले क्षति भने भएको उनले बताए ।

टाटा सुमो चालकले मादक पदार्थ सेवन गरेकाले यो घटना भएको प्रत्यक्षदर्शीहरूको आरोप छ ।