बेवारिसे अवस्थामा भेटिएको स्कारपियो गौर भन्सारमा बुझाइयो

1.96K
shares

रौतहट । रौतहट प्रहरीले बेवारिसे अवस्थामा स्कारपियो गाडी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीको सडकबाट गाडी बरामद गरेको हो ।

उक्त गाडी चोरी पैठारी गरेर उक्त क्षेत्रमा चलाएको सूचनाका आधारमा पुगेको टोलीले बेवारिसे अवस्थामा बरामद गरेको रौतहट प्रहरी निरीक्षक उमाशङ्कर प्रसादले बताए ।

उनका अनुसार केहीसँग सोधपुछ गर्दा र हक दाबी गर्न कोही नआएकोले गौर भन्सार कार्यालयमा दाखिला गरिएको छ । भारतीय न ०१ पी ल ९३८७ को महिन्द्रा कम्पनीको सेतो रङ्गको स्कारपियो गाडी बरामद गरिएको उनले जानकारी दिए ।

बरामद गरिएको उक्त गाडीको तीस लाख मूल्याङ्कन गरी भन्सारमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।