हेटौँडामा बाघको आतंक

1.5K
shares

हेटौँडा । दुई वटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा परेको छ ।

शनिबार राति स्थानीयहरूले गाउँ वरपरको क्षेत्रमा बाघ देखा परेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका हेटौँडा १२ का स्थानीय कुमार पोखरेलले हेटौँडा १२ र १३ को सिमाना बिच रोडमा बाघ देखिएको र सो बाघ १२ नम्बरको रमनटारमा पनि देखिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

पछिल्लो एक हप्तादेखि दक्षिण–पश्चिम मकवानपुरका मानिसहरू बाघको आतंकबाट त्रसित भएका छन् । स्थानीयहरूले बाघ देखिएको खबर गरेपछि बाघ नियन्त्रणको लागि निकुञ्जसँग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।