एमाले केन्द्रीय समिति बैठक ११ बजे

1.59K
shares

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय समिति बैठक बिहान ११ बजेबाट सुरु हुँदै छ ।

बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

साथै, सरकार गठनपछि ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने छन् ।

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेन्डा’ मा ठोस धारणा तय गर्ने छ ।