रास्वपाद्वारा सन्तोषको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन
वि.सं.२०८१ पुस २१ आइतवार १२:५८
1.14K
shares
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।
आइतबार रास्वपाले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो ।
कार्यदलले सात वटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।
कार्यदलमा कान्ति शिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असीम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युत लामिछाने र मेघ आले रहेका छन् ।
साथै कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् ।











