काठमाडौंमा पनि रविविरुद्ध मुद्दा

1.05K
shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दायर भएको छ ।

सहकारी ठगी र संगठित अपराधमा रविसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिनाको कसुर छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोग पत्र दर्ता गरेको हो।

प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो। पाँच जनाको ठेगाना नखुलेको कारण मुद्दा दायर भएन।

दुई अर्ब ४१ करोड बिगो कायम गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए।