माओवादी केन्द्रीय समितिको छैटौँ बैठक : दोस्रो दिन ८० जनाले राखे धारणा

1.22K
shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको दोस्रो दिनको छलफल सकिएको छ । सोमबार केन्द्रीय समितिको छैटौँ बैठकमा ८० जनाले बोल्दै समय सकिएको हो ।

जसमा १८० जनाले बोल्नका लागि नाम टिपाएका थिए । बैठक मङ्गलवार बिहान ११ बजेसम्म लागि स्थगित भएको छ । आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो ।