एमाले केन्द्रीय कमिटी बैठक : पार्टी निमार्णमा देखिएका समस्याको समाधानमा जोड
वि.सं.२०८१ पुस २२ सोमवार २०:१४
shares

काठमाडौं । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्माणमा देखिएका समस्याको समाधानका विषयमा विशेष जोड दिइरहेको बताएका छन् ।
सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरू पार्टीले सहनुहुन्न र कहिँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको बताएका हुन् ।
उनले भने ,‘ बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजोबाट सुरु भएको छ । अध्यक्षबाट प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । मुलतः सरकारको प्रभाबकारीता र पार्टी निमार्णमा देखीएका समस्याको समाधानमा जोड दिइरहनुभएको छ । पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरू पार्टीले सहनुहुन्न र कहिँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको छ ।’
साथै उनले आफ्नो इच्छा पूरा गर्नको निम्ति विभिन्न स्वार्थ समूहहरू बनाएर पार्टीको नेतृत्व विगार्न नहुने बताए । उनले एमाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने बताए ।













