लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला धरौटीमा रिहा

1.03K
shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वज्निक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला रिहा भएकी छिन् ।

अदालतले १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी त्यो रकम बुझाएर रिहा भएको मोरङका एसपी नारायण चिमोरियाले जानकारी दिए ।

उनलाई मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको थियो ।

मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।