जनमत पार्टीका केन्द्रीय सदस्यसहित केही युवा जसपा नेपालमा प्रवेश
वि.सं.२०८१ पुस २८ आइतवार १७:४१
shares

महोत्तरी । जनमत पार्टीका केन्द्रीय सदस्य एवम् महोत्तरी क्षेत्र नम्बर ३ (ख)का प्रदेश सभा प्रत्याशी दीपेन्द्र मधेशी जसपा नेपालमा प्रवेश गरेका छन् ।
आइतबार जनकपुरधामस्थित पार्टी कार्यालयमा पूर्व उपप्रधानमन्त्री तथा जसपा ,नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जसपा नेपालको राजनीतिक समिति सदस्य एवं मधेश प्रदेश प्रमुख अभियन्ता हरि नारायण यादवको उपस्थितिमा मधेशीलाई पार्टी प्रवेश गराइएको छ ।
मधेशीसंगै जनमत पार्टीका शुभास मिश्रा, बैद प्रकाश यादव, नवीन यादव, गोपाल यादव, राम अनेक यादव, अनिल यादव, राम जनय यादव, प्रशान्त यादव, लभ ठाकुर, नरेश यादव लगायत जनमत पार्टीका क्रियाशील नेताहरू जसपा नेपालमा प्रवेश गरेका छन् ।
जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवले नव प्रवेशीहरुलाई माला, अबिर, गम्छा लगाएर पार्टीमा स्वागत गर्नुका साथै आगामी दिनमा सही राजनीतिक दिशामा अगाडि बढ्न सुझाव दिएका थिए ।











