आशिका तामाङ ५ दिन प्रहरी हिरासतमै रहने

806
shares

काठमाडौं । अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेकी आशिका तामाङ पाँच दिन प्रहरी हिरासतमै रहने भएकी छन् ।

जिल्ला अदालत काठमाडौंले तामाङमाथि अनुसन्धान गर्न पाँच दिन म्याद दिएको हो ।

तामाङलाई नेपाल प्रहरीले बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको थियो।

केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ।