भूमि सम्बन्धी अध्यादेश जारी

1.03K
shares

काठमाडौं । राष्ट्रपति कार्यालयले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश-२०८१ जारी गरेको छ ।

यसअघि गत २९ पुसमा अरु अध्यादेश जारी हुँदा राष्ट्रपति कार्यालयले यो अध्यादेश रोकेको थियो । वन र राष्ट्रिय निकुञ्जको जग्गा भूमिहीनलाई लालपुर्जासहित बाँड्ने व्यवस्था राखिएको भन्दै यो अध्यादेश राष्ट्रपति कार्यालयले रोकेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटकलाई मात्र लालपुर्जा दिने राष्ट्रपतिसँग प्रतिबद्धता जनाएपछि अध्यादेश जारी गरिएको शीतलनिवास स्रोतले जनाएको छ ।