सामान्य अवस्थामा अध्यादेश ल्याइनु प्रजातन्त्र विपरीत : प्रेम सुवाल
वि.सं.२०८१ माघ १८ शुक्रवार १८:३२
shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामान्य अवस्थामा अध्यादेशमार्फत कानुन ल्याइनु प्रजातन्त्र विपरीत भएको बताएका छन् ।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य अवस्थामा अध्यादेश ल्याउनु प्रजातन्त्र विपरीत भएको भन्दै यसले संसद्लाई औचित्यहीन बनाएको बताए ।
उनले भने, ‘सामान्य अवस्थामा अध्यादेश ल्याउनु प्रजातन्त्र विपरीत हो । संसद्लाई औचित्यहीन बनाउनु हो । सहकारी ठगको सम्पत्ति र लगानी जफत गरी जनताको बचत फिर्ता प्रावधान अध्यादेशमा छैन । २० प्रतिशत भन्दा बढी मुनाफा खान नपाउने कानुनी व्यवस्था खारेज गरिएको अध्यादेशले कालोबजारीलाई फाइदा भएको छ । चार सयको सिमेन्ट आठ सय पुग्यो, उपभोग्य सामानको मूल्य बढ्यो । यस्तो अध्यादेशलाई जनताले पालना गर्न पर्दैन ।’
उनले सरकारी जग्गा मासेर बेच्ने काम राजनीति नभएको भन्दै पाथीभरामा केबलकार ल्याउने काम जनविरोधी काम भएको बताए ।













