विद्युतीय करेन्ट लागेर युवकको मृत्यु

  • रौतहटको जयनगरमा विद्युतीय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । ११ हजार भोल्टको करेन्ट लागेर २५ वर्षीय रामजी साहको मृत्यु भएको हो । विद्युतीय करेन्ट लागेर अचेत भएका साहलाई गरुडामा सामान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट वीरगन्जस्थित गण्डक अस्पताल लगिएको थियो ।
    गण्डक अस्पतालका डाक्टरले साहलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले बताए । उनका अनुसार मृतक साहको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ ।
    मृतक साह गरुडा नगरपालिकामा कार्यरत करारका अमिन हुन् । गरुडा नगरपालिकाको जयनगरमा निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको अनुमान गरिएको प्रहरीले बताएको छ ।
    पालिकाको कर्मचारी साहको निधनले स्तव्ध भएको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जैसवालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation