विद्युतीय गाडी हरेक क्षेत्रका लागि फाइदा जनक छ : कुलमान घिसिङ

  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको अर्थतन्त्रको लागि विद्युतीय गाडीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

    शनिवार एबी मोटर्स ओमडाको शोरूम उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय गाडी हरेक क्षेत्रका लागि फाइदा जनक रहेको बताएका हुन् ।

    उनले भने, ‘विद्युतीय समानहरूको जुन प्रवर्द्धन भैइहरहेको छ यसमा मलाई अत्यन्त खुसी लाग्ने गर्दछ । अब विद्युतीय गाडी नै किन भन्दा नेपालको अर्थतन्त्रको लागि महत्त्वपूर्ण भूमिका छ । जसले विद्युतीय गाडी प्रयोग गर्नुहुन्छ उहाँको फाइदाको लागि पनि सबैभन्दा महत्त्वपूर्ण छ । अर्थतन्त्रको हिसाबले विद्युतीय गाडी एकदमै फाइदाजनक छ ।’

    साथै, उनले पेट्रोल डिजेलको हाहाकार भएको अवस्थामा पनि हामीसँग विद्युतीय गाडी हुँदा पेट्रोल डिजेलको पर निर्भरता घट्ने बताए । उनले हाम्रो जीवनशैली नै इलेकट्रिकल सिस्टममा कन्र्भट गर्नुपर्ने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation