दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल

1.13K
shares

काठमाडौं । शिक्षा समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल भएको छ ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल भएको हो ।

छलफलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सुर्खेत मेडिकल कलेज, बुटवल मेडिकल कलेज तथा बर्दिबास मेडिकल कलेजसहित आगामी समयमा स्थापना हुने चिकित्सा विधातर्फका कलेजहरू यसै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुनसक्ने छन् भन्ने अवधारणाकासाथ विधेयक ल्याएको जानकारी गराइन् ।

उनले भनिन्,‘सुर्खेत मेडिकल कलेज, बुटवल मेडिकल कलेज तथा बर्दिबास मेडिकल कलेजसहित आगामी समयमा स्थापना हुने चिकित्सा विधातर्फका कलेजहरू यसै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुन सक्नेछन् भन्ने अवधारणा चाहिँ छन् । अहिलेसम्म भएका प्रष्ठिानहरु र स्वास्थ्य विधासँग सम्बन्धित विधाहरू यसैसम्बन्धित हुन्छन् भन्ने अवधारणाकासाथ आएको हो ।’

त्यस्तै सभापति अम्मर बहादुर थापाले कानुन दोहोरो भाषा नलाग्ने गरी बनाउन सुझाव दिए ।

उनले भने, ‘कानुन प्रस्ट लेखिनुपर्छ । दोहोरो तेहरो भाषा लाग्ने गरेर कानुन बनाउनुहुँदैन । कार्यविधि बनाउने कुरा अलग हो । निर्देशिका बनाउने कुरा पनि यसले रोक्दैन तर कानुनले सही मार्ग देखाउनुपर्छ ।’