विशेष समयमा बोल्न नाम टिपाएका सांसद एक्कासि विरामी परे

1.09K
shares

काठमाडौं । राष्ट्रियसभा बैठक चलिरहदा राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट अस्वस्थ भएका छन् ।

आइतबार राष्ट्रियसभाको शुन्य समय चलिरहदा भट्टलाई स्वास्थ्य समस्या भएको हो ।

शून्य समयमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले धारणा राखिरहँदा भट्टलाई स्वास्थ्य समस्या देखिएपछि अन्य सांसदहरुले उनलाई संसद भवनभित्र रहेको स्वास्थ्य केन्द्रमा पुर्याएका थिए ।

रक्तचाप र सुगरका बिरामी भट्टलाई चक्कर लागेपछि सांसद भवनभित्रै उपचार गरिएको छ ।

बैठकको विशेष समयमा बोल्नका लागि नाम टिपाएका भट्ट अस्वस्थ भएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्वन्धीत दलबाट विष्णुकुमारी सापकोटालाई बोल्नका लागि समय उपलव्ध गराएका थिए ।