एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच  भेटवार्ता

  • काठमाडौं  । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर–काउन्सिलर आन्द्रे किसेलेन्को बीच भेटवार्ता भएको छ ।

    सोमवार भेटवार्ताको क्रममा  द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । यसैबीच दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेन्डा बारे पनि छलफल गरेको बताइएको छ ।

    भेट पछि दुतावासले विज्ञप्ति जारि गर्दै द्विपक्षीय  संवादले एकअर्काको अडान र सम्भावित सहयोगका क्षेत्रहरूको पहिचान गर्न समान बुझाई भएको उल्लेख गरेको छ । नेपाल र रुस बीचको सम्बन्ध औपचारिकतामा मात्र रहेको बेला यो भेटलाई महत्वको साथ् हेरिएको छ ।

    नेपाली युवालाई अवैध रुपमा रुस लगि सेनामा भर्ति गरेको विषयमा रुसले प्रतिक्रिया दिएको छैन । रुस युक्रेन युद्धमा २० जना भन्दा बढी नेपाली युवाको ज्यान गइसकेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation