सरकार दलीय तानाशाही राजनीति गर्न खोजिरहेको छ : माधव नेपाल

  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिले देश अत्यन्तै जटिल भू–राजनीतिक अवस्थामा रहेको बताएका छन् ।

    शुक्रवारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको सरकार शासन चलाउँदै र बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अघि बढाउन खोजिरहेको बताएका हुन् ।

    उनले भने, ‘हामी सबैको ध्यान विश्व परिवेशमा रहेको छ । अहिले अत्यन्तै जटिल भू–राजनीतिक अवस्था छ । विश्वको कुन क्षेत्रमा के घटना घट्ने हो भन्न सकिने अवस्था छैन । सारा विश्व नै अहिले तरङ्गित छ । हाम्रो देशको सरकार शासन चलाइरहेको छ । बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अघि बढाउन खोजिरहेको छ । दुई दलीय शासन अर्थात् दलीय तानाशाही राजनीति गर्ने सोच भन्दा अरू केही छैन ।’

    साथै उनले नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह ग¥यौं र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिन दिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेको समेत बताए ।

    अध्यक्ष नेपालले एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको जिकिर गरे ।

    नेपालले एकीकृत समाजवादी पार्टीलाई नै बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation