नेकपा एसको आचारसंहिता- विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिरको शारीरिक सम्पर्क अनैतिक

1.25K
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नेता कार्यकर्ताहरूका लागि १३ बुँदे आचारसंहिता जारी गरेको छ ।

आचारसंहितामा मार्ग निर्देशक सिद्धान्त, मूल्य मान्यता, आचरण, नैतिकता, व्यवहार, जिम्मेवारी, जबाफदेहिता, अध्ययनशीलता, अनुशासनको पालना लगायतका विषय समावेश गरिएका छन् ।

‘कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्नुपर्ने हुन्छ’ आचारसंहितामा भनिएको छ, ‘बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु हुँदैन ।’

यस्तै, आचारसंहितामा परपुरुष–परस्त्री शारीरिक सम्बन्ध र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिरको शारीरिक सम्पर्कलाई अनैतिक भनिएको छ ।