इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : ६ मिनेटमै नेपालले खायो १ गोल
वि.सं.२०८१ फागुन ११ आइतवार १८:०९
1.52K
shares
shares

काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको फाइनल अहिले नेपाल र म्यानमार भिडिरहेका छन् ।
खेलको सुरुवातमा नै नेपाल १-० गोलले पछि परेको छ ।
नेपालले आज कप्तान एन्जिला सुब्बासहित तीन खेलाडीलार्य बेन्चमा राखेको थियो । एन्जिलासँगै बिमला चौधरी र रेखा पौडेल बेन्चमा रहँदा अन्जना रानामगर, रश्मीकुमारी घिसिङ र सरु लिम्बु पहिलो रोजाइमा खेल्न लागेका हुन् । कप्तानको जिम्मेवारी रेनुका नगरकोटेलाई दिइएको छ ।











