भूकम्पबाट चार जिल्ला प्रभावित, यस्तो छ क्षतिको विवरण

1.55K
shares

रौतहट । सिन्धुपाल्चोक केन्द्रबिन्दु भई आज बिहान गएको भूकम्पबाट चार जिल्ला प्रभावित भएको छ । सिन्धुपाल्चोक, भोजपुर, दोलखा, काठमाडौं, सङ्खुवासभा, म्यादी र धादिङमा जिल्ला प्रभावित भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार एक पूर्ण रूपमा र तीन आंशिक रूप घरमा क्षति पुगेको हो ।

एक आंशिक गोठ र प्रहरी कार्यालयमा क्षति पुगेको विवरण उल्लेख छ । प्रहरीका अनुसार विस्थापित परिवारको संख्या ३, सामान्य घाइते ६ र घटना संख्या १३ रहेको प्रहरी विवरणमा छ । यो विवरण दिउँसो ३ बजे सम्मको भएको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ भैरवकुण्ड केन्द्रबिन्दु भएर बिहान २ : ५१ मा ६ दशमलव १ म्याग्निच्युड स्केलको भूकम्प आएको थियो । सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय कोदारीको भवनमा सामान्य क्षति भएको छ । भोटेकोशी गाउँपालिकाको विभिन्न ठाउँमा सुख्खा पहिरो गएको प्रहरीले जनाएको छ ।