समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते प्रदर्शन गर्ने
वि.सं.२०८१ फागुन २७ मंगलवार १९:००
1.09K
shares
shares

काठमाडौं । राजावादीहरुको प्रदर्शनपछि अब गणतन्त्रवादीहरुले पनि प्रदर्शन गर्ने भएका छन् ।
समाजवादी मोर्चाले चैत्र १५ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेको हो ।
मंगलबार बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।
यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । तर, पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै चैत १५ गते नै उक्त कार्यक्रम तय भएको हो ।













