बीआरआई नेपालको हितमा छ विवाद नगरौँ : खनाल
वि.सं.२०८१ चैत ३ आइतवार १९:१६
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) नेपालको हितमा रहेकाले विवाद गर्नुपर्ने कारण नरहेको बताएका छन् ।
बिआरआई विषयक काष्ठमण्डप डायलगको पहिलो श्रृंखलाको सम्बन्धमा फाउन्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजमले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले देशको परिस्थिति अनुरूप बीआरआइ अन्तर्गतका परियोजना कार्यान्वयन गर्नुपर्ने समेत बताए ।
उनले विश्वका १५० भन्दा बढी देशमा बीआरआई परियोजना लागू भइसकेको र त्यसबाट यो लाभकारी हो भन्ने पुष्टि भएको धारणा राखे ।
बीआरआईका सन्दर्भमा देखिका चर्चाका विषयमा काष्ठमण्डप डायलगमार्फत बौद्धिक वर्गसँग छलफल गरिएको उनले बताए ।
उनले काष्ठमण्डप डायलगको पहिलो श्रृंखलाबाट विभिन्न संवादमा अध्ययन र अनुसन्धानको प्रक्रियालाई जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिए ।
उनले बीआरआइ परियोजना २१ औं शताब्दीको ठूलो परियोजना भएकाले नेपालले फाइदा लिएर अघि बढ्नुपर्छ भन्ने निष्कर्ष रहेको उल्लेख गरे । बीआरआइका विषयमा राजनीतिक दलहरुबीच बृहत राष्ट्रिय कायम गर्नुपर्नेमा सम्मेलनले जोड दिएको उनले बताए ।













