राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्गलवार पुन: बस्ने
वि.सं.२०८१ चैत ३ आइतवार १९:२२
1.16K
shares
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको आजको बैठक सकिएको छ ।
आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा भएको थियो ।
आगामी आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा आज छलफल हुन नपाएकोले ५ गते बैठक बसेर टुङ्गो लगाउने सहमति भएको सुदुरपश्चीम प्रदेशका अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।













