समाज परिवर्तनमा शैक्षिक संस्थाहरुको महत्वपूर्ण भूमिका छ : मन्त्री सिंह

  • काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शैक्षिक संस्थाहरुले समाज परिवर्तनका लागि प्रशस्त काम गरेको बताएका छन् ।

    शनिबार ह्वाइट हाउस कलेजको २५ औ बार्षिकोत्सव समारोहमा बोल्दै उनले समाज परिवर्तनको लागि शैक्षिक संस्थाहरुबाट प्रशस्त अवसर पाएको समेत बताए ।

    उनले भने, ‘राजनीतिक परिवर्तन देख्यांै । राजनीतिक परिवर्तनसँगै प्रजातान्त्रिक व्यवस्था आएपछि हाम्रो समाजले ठुलो फट्को मारेको छ । यस्तो कुरालाई महशुस गर्नुपर्छ । शिक्षाको कुरा गर्दा ६० बर्ष अगाडिको नेपालको शिक्षाको अवस्था र अहिलेको अवस्थामा धेरै नै अन्तर आएको छ । सोचाईमा सकरात्मक सोच राखेर आफ्नो कार्यहरु अगाडि बढाएमा राम्रो हुन्छ । शैक्षिक संस्थाहरुबाट समाज परिवर्तनका लागि प्रशस्त कामहरु भएका छन् । त्यो अवसरलाई सहि सदुपयोग गरेर अगाडि बढ्नु नै सबैको लागि हितकारी हुन्छ ।’

    उनले वालवालिकाको भविश्य सुनिश्चित गर्न यस्ता शैक्षिक संस्थाहरुले मद्दत गर्ने पनि बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation