भ्रष्टाचार र कमीसनमा सम्झौता गर्दा हवाई यातायात असुरक्षित भयो : खनाल

  • काठमाडौं । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचार र कमीसनमा सम्झौता गर्ने प्रवृत्ति सरकार भित्रै रहेका कारण हवाई यातायात सुरक्षित हुन नसकेको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा हवाई यात्रा कति सुरक्षित ?’ विषयक अन्तरक्रियामा उनले हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरुमा सरकारले गम्भिरतापूर्वक कदमहरु नचालेको कारण हवाइ यातायात सुरक्षित हुन जसकेको बताए ।

    उनले भने, ‘हवाई यातायातको विकास भएको लामो समय भएको छैन् तरपनि यो अवधीमा हवाई यातायातलाई जुन तरिकाले सुरक्षित गर्नुपर्ने थियो, त्यो सुरक्षित गर्ने कुराहरुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरु, ऐन, कानूनहरु पालना भएका छैनन् । कानूनहरुलाई पालना गर्ने र हवाई यातायातलाई सुरक्षित गर्ने कुराहरुमा सरकारले गम्भीरतापूर्वक लिन सकेन् । भ्रष्टाचार र गलत प्रवृत्तिसँग सधैँ सम्झौता गर्ने प्रवृत्ति सरकार भित्रै छ । सोही कारणले हवाई यातायात सुरक्षित हुन सकेको छैन् ।’

    यसका साथै, उनले नेपालको शासन सत्तामा दलाल पुँजीपति वर्गान दलालीहरु मात्र रहेको बताए ।

    उनले भने, ‘हाम्रो देशमा जुन प्रकारको शासन सत्ता छ, नाम कम्युनिष्ट पार्टी समेत राखिएको छ । तर कम्युनिष्ट पार्टीका नाम राखेपनि तीनिहरु वास्तवमा दलाल पुँजीपति वर्गभित्र दलाली गर्ने बाहेक अरु कोही पनि छैनन् । यही कमीसनको भोकले नेताहरु एकपछि अर्को विक्री भइरहेको, कमिशनखोरहरुले उनीहरुलाई खरिद गरिरहेका छन् । जसका कारण देशमा विकृती र विसंगती बढ्दै गएको छ ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation