कालोपुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना महानगरले भत्कायो
वि.सं.२०८१ चैत ११ सोमवार १५:४९
1.38K
shares
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काएको छ ।
महानगरले गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनालाई डोजर लगाएर भत्काएको हो ।
लामो समयदेखि गुठी संस्थानको जग्गामा टहरा हालेर बसेकाहरुलाई खाली गर्न सूचना दिदा पनि अटेर गरेकाले डोजर लगाएर भत्काउनु परेको महानगरले जनाएको छ । यता सो स्थानमा बसेका नागरिकहरुले कुनै सूचना नदिई एक्कासी भत्काएको गुनासो गरेका छन् ।
महानगरले टहरभित्र रहेका सामान निकाल्न नदिइ डोजर लगाएपछि उनीहरु आक्रोशित भएका थिए ।
त्यसपछि महानगरले बाँकी रहेका टहरबाट तीनदिनभित्र सामान निकाल्न समय दिएको छ ।













