राजावादी समर्थकहरुको उग्र समूह पेरिसडाँडातर्फ लाग्याे, एक सरकारी गाडीमा आगजनी

585
shares

काठमाडौं । राजावादी समर्थकहरुको उग्र समूह नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयतिर गएको छ ।

तीनकुनेमा एक स्थानीयको घरमा तोडफोड र आगजनी गरेपछि समूह पेरिसडाँडातर्फ गएको हो ।

पेरिसडाँडा नजिकै एक सरकारी गाडीमा आगजनी गरिएको तस्बिरहरु सार्वजनिक भएका छन् ।

आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन ।

प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि गल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि आक्रोशित भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको थियो