तोडफोडपछि राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी

  • काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् ।

    नेपाल न्यूज बैंकका प्रतिनिधि विजेन अमात्यका अनुसार प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् ।

    प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका थिए ।

    तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरुको आमसभा समेत प्रभावित बनेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation