दुर्गा प्रसाईं कारवाहीको दायरमा आउँछन्, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ : गृह मन्त्रालय

  • काठमाडौं । राजावादीहरुको प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।

    गृहका प्रवक्ता सहसचिव छवि रिजालका अनुसार आन्दोलनका नाममा अपराधिक क्रियाकलाप गर्ने जोकोहीलाई कारवाहीको दायरमा ल्याइने जानकारी दिए ।

    शुक्रबार साँझ पत्रकार मन्त्रालयमा सम्मेलन गर्दै सरकारको उक्त आन्दोलनका कमान्डर प्रसाईंलाई कारवाहीको दायरमा ल्याइने जनाए । प्रदर्शनका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको पनि पत्रकार सम्मेलनमा पुष्टि गरे ।

    महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यता, समाजवादी मोर्चाको कार्यक्रम भने शान्तिपूर्ण भएको र १८ हजार मानिस सहभागी भएको रिजालले जनाए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation