तीनकुनेमा २० जनालाई गोली लागेको खुलासा
वि.सं.२०८१ चैत २० बुधवार १७:०७
1.2K
shares
shares

काठमाडौं । राजावादी समर्थकहरुको प्रदर्शनका क्रममा तीनकुनेमा २० जनालाई गोली लागेको पुष्टि भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यले गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको बताए ।
आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेको बताए ।
प्रदर्शनकारीको आक्रमणमा परी ५५ नेपाल प्रहरी २३ सशस्त्र प्रहरी घाइते भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।












