महेश बस्नेतलाई कान्छारामको च्यालेन्ज
टुडिखेलमा सिंगल–सिंगल भिड्ने हो ?
वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०९:४३
shares

काठमाडाैं । नेकपा एमालेका युवा नेता महेश बस्नेत र बुधवार मात्रै बर्खास्तिमा परेका निवर्तमान उर्जा राज्यमन्त्री पूर्णबहादुर अर्थात कान्छाराम तामाङबीच टकराब सुरु भएको छ ।
सरकारका निर्णय विरुद्ध लागेको भन्दै प्रधानमन्त्री ओलीले बर्खास्त गरेपछि महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कान्छारामले राष्ट्र बैंकको गर्भनर नियुक्तीका लागि २० करोड डिल गरेको भन्दै लेखेका थिए ।
उर्जाराज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमान सँग मिल्दै अर्बौको ठेक्कापट्टा, मिलेमत्तो र अनियमित्ता गरेको आरोप समेत बस्नेतले लगाएका थिए । बस्नेतले यस्तो आरोप लगाएपछि कान्छारामले भने यो विषयको प्रतिवाद गरेका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै कान्छारामले बस्नेतसँग टुडिखेलमा फाईट गर्न बोलाउन आग्रह समेत गरे । कान्छारामले रातिको १२ बजे तथा जुनसुकै समयमा पनी बस्नेतसँग सिंगल–सिंगल भिड्न तयार रहेको अभिव्यक्ति समेत दिएका छन् । बस्नेतले च्यालेन्ज गरेपछि आफुलाई च्यालेन्ज गर्न कुनै समस्या नभएको भन्दै आफुले पनि हातमा घ्यू जमाएर नबसेको हुँदा सिंगल भिड्ने बताएका हुन् ।
बस्नेतले सामाजिक सञ्जालमा लेखेको स्टाटस भने यस्तो थियो,‘भ्रष्टाचार विरुद्ध आवाज उठाऔँ, पारदर्शिता र जवाफदेहिता बडाउ ठेकेदार कान्छाराम उर्फ पुर्ण बहादुर—जसको नाममा २० भन्दा बढी योजना कालो सूचीमा छ । सारा ठेक्का सेटिङमा पार्छ र काम चोरेर अलपत्र गर्छ । उर्जा राज्य मन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ । अझै खतरनाक कुरा त राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो । तर जो चोर उसकै ठुलो स्वर भने झै अचेल कान्छाराम मिडियामा प्रधानमन्त्री विरुद्ध राजनितिक आडमा पद फुस्के पछि अनावश्यक आरोप लगाएर नौटंकि गरिरहेको छ । याद गरेस ः एमालेको पंक्तिको हातमा पनि दही जमेर बसेको छैन ।’












