बालेनका सारथी बन्दै हर्क, बोल्दैन भनेर नहेप्न आग्रह

1.51K
shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ दुवै स्वतन्त्र मेयर हुन । स्वतन्त्र भएकै कारण पालिकाको खटनपटन देखि हरेक काम काबाहीमा दलमा आवद्ध जनप्रतिनिधिहरुको तर्फबाट अवरोध भएको उनीहरु आफैले बताउने गरेका छन् । यसरी आफ्नै पालिकाका कर्मचारी र जनप्रतिनिधिबाट पटक पटक असहयोग भएपनि बालेन र हर्क एक अर्काको समर्थनमा उत्रिएका छन् ।

खासगरी बालेनलाई चौतर्फी रुपमा घेराबन्दी गरिएको सन्दर्भमा हर्क साम्पाङ्ले प्रतिवाद गर्ने गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत बालेनको पक्षमा पटक पटक बोल्ने गरेका छन् । यसपटक पनि हर्क साम्पाङले बालेनको पक्षमा स्टाटस लेखेका छन् ।

बिहिवार भृकुटीमण्डपमा भएको एमालेको युथ सेलिब्रेसनका क्रममा महानगरकी उपमेयर तथा एमाले नेतृ सुनिता ढंगोलले बालेनलाई कटाक्ष गर्दै स्टण्ट गरेको भरमा देश बन्दैन भनेकी थिईन् । उनको यो भनाई पछि हर्कले बालेन जी बोल्दैनन् भनेर कति हेपेको भन्दै स्टाटस लेखेका हुन् । हर्कले सामाजिक सञ्जालमा लेखेका छन्,‘सुनिता जी, बालेन जी बोल्दैनन् भनेर कति हेपेको हौ ? स्टण्ड त काठमाण्डौँमा होइन धरानमा हुन्छ ! एक दिन हेर्न आउनु नि ! स्टण्ट गरेरै वल्र्ड रेकर्ड राखिदियौँ हाम्ले ! तपाइँको पार्टीले नि यस्तो स्टण्ट गर्दा भए न म आउँथें न बालेन !’