गोरखामा चट्याङ लागेर एक जनाको ज्यान गयो

1.87K
shares

गोरखा। गोरखामा चट्याङ लागेर सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षका राजु खनालको ज्यान गएको छ । हिजो बेलुका घरमा बसिरहेका बेला परेको चट्याङ लागेर खनाल गम्भीर घाइते हुनुभएको थियो । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो । त्यस्तै हिजै बेलुका पालुङटार नगरपालिका–७ च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले र १८ बर्षिया विपना आले घाइते हुनुभएको छ । घाइते दुवै जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।