विराटनगरमा गुडिरहेको टिपरमा लाग्यो आगो
वि.सं.२०८२ वैशाख १५ सोमवार १८:२५
1.96K
shares
shares

विराटनगर । विराटनगरमा गुडिरहेको टिपरमा आगो लागेको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१९ मिलन चोकमा प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा सोमबार दिउँसो साढे २ बजेतिर एक्कासि आगो लागेको हो ।
विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै गरेको टिपर सुनसरीको इनरुवा नगरपालिका–३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए ।
टिपरमा कसरी एक्कासि आगलागी भयो भन्नेबारे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । यद्यपि, तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीको छ ।













