रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
वि.सं.२०८२ वैशाख ३० मंगलवार १८:५८
1.07K
shares
shares

काठमाडौं । तीनकुने प्रकरणमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासत बस्ने भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले उनीहरुसहित २६ जनालाई म्याद थप गरेको हो ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अराजक गतिविधि गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।












