बालमन्दिर जग्गा प्रकरणः पूर्वमहासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश

2.33K
shares

काठमाडौं । नक्सालमा रहेको नेपाल बाल संगठन (बालमन्दिर) को बहुमूल्य जग्गा सस्तोमा भाडामा दिइएको प्रकरणमा गणेशभक्त श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

२०८१ सालको वैशाख २७ गते दायर भएको मुद्दामा उनी लामो समयदेखि फरार रहेका थिए ।

श्रेष्ठ अदालतमा उपस्थित भएसँगै न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश रेग्मी स्वयं नेपाल बाल संगठनका पूर्व महासचिव समेत हुन्।

बाल संगठनको तर्फबाट नै चलनचल्तीभन्दा निकै कम दरमा जग्गा भाडामा दिइएको भन्दै ठगीसम्बन्धी जाहेरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले अनुसन्धान सुरु गरेको थियो ।