देउवाको चेतावनी पछि बालुवाटारमा मन्त्रिपरिषद् बैठक: के आउला निर्णय ?
वि.सं.२०८२ असार ९ सोमवार २१:१९
7.97K
shares
shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर बजेटमा राखेको ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन नसक्ने चेतावनी दिएपछि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।
सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।
बैठकमा सरकारका कामकारबाहीका विषयमा छलफल र निर्णय हुन सक्ने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।













