‘टेक एण्ड पे’राम्रो गर्नको लागि ल्याइएको थियो तर हटाइयो’

2.17K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एण्ड पे’राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला जस्तो लागेर हटाइएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले टेक एण्ड पे राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला कि जस्तो लागेर हटाइएको बताएका हुन् ।

उनले भने, ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो लाग्यो हटाइयो ।’

हिजो सत्ता पक्षका शीर्ष नेताहरुबीच छलफल गरेर ‘टेक एण्ड पे’ हटाउने निर्णय गरेको थियो ।

शासकीय सुधारका विभिन्न कार्यक्षेत्रमा सुधार गर्नुपर्ने विषयमा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गरिएको जानकारी दिए ।

अन्धाधुन्ध काम गर्नुभन्दा त्यसैमा केन्द्रित भएर खोज, अध्ययन, अनुसन्धान गर्न र त्यसमा आधारित भएर सिफारिस र प्रेसक्रिप्सनहरुमा काम अघि बढाउनु उचित हुने उनले धारणा राखे ।

उनले भने,‘शासकीय सुधारका विभिन्न कार्यक्षेत्रमा सुधार गर्नुपर्ने विषयमा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गरिएको हो । अन्धाधुन्ध काम गर्नुभन्दा त्यसैमा केन्द्रित भएर खोज, अध्ययन, अनुसन्धान गर्न र त्यसमा आधारित भएर सिफारिस र प्रेसक्रिप्सनहरुमा काम अघि बढाउनु उचित हुन्छ ।’