दैलेखको मिथेन ग्यासको व्यावसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्छः प्रधानमन्त्री ओली
वि.सं.२०८२ असार १० मंगलवार १८:३५
1.46K
shares
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्यासको व्यावसायिक उत्पादन आगामी आर्थिक वर्षभित्र भइसक्ने बताएका छन्।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले दैलेखमा मिथेन ग्यासको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने कामको अनुसन्धान सफलतापूर्वक सम्पन्न भएको बताए।
यसको परीक्षण उत्पादन मंसिरभित्रमा सम्पन्न हुने उनले बताए। यसको सदुपयोग पनि गरिने उनले जानकारी दिए।
प्रधानमन्त्री ओलीले भने, ‘दैलेखमा मिथेन ग्यासको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने काम थालेका थियौँ, सफल भएको छ। यसको परीक्षण उत्पादन मंसिरभित्रमा हुनेछ। यसको व्यावसायिक उत्पान सम्भवतः आगामी आर्थिक वर्षभित्र भइसक्नेछ। सदुपयोग पनि गरिनेछ।’











