मौद्रिक नीति उदार र व्यवहारिक बनाउने उद्योगी व्यवसायीको सुझाव
वि.सं.२०८२ असार ११ बुधवार १७:४२
2.93K
shares
shares

११ असार, काठमाडौं । बिराटनगर, मोरङ — उद्योगी व्यवसायीहरूले नेपाल राष्ट्र बैंकलाई अर्थतन्त्र चलायमान बनाउने र बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन्।
मोरङ उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलनमार्फत चालू पूँजी कर्जा सिमालाई ६० प्रतिशतसम्म बढाउन माग गरेको छ। संघका अध्यक्ष अनुपम राठीले सरकारको पूँजीगत खर्च बढाएर जनताको क्रयशक्ति अभिवृद्धि गर्नुपर्ने बताए।
उद्योगीहरूले मौद्रिक नीति व्यवहारिक र उदार हुनुपर्ने माग गर्दै घरजग्गा कारोबारमा मुल्यांकनको सीमा ७० प्रतिशतसम्म पुर्याउन पनि आग्रह गरेका छन्।
सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा ६५० भन्दा बढी उद्योग सञ्चालनमा रहेका भए पनि बजारको माग नहुँदा अधिकांश उद्योगहरू ५० प्रतिशत क्षमतामै सीमित छन्।













