अध्यक्ष ओलीले पार्टीको आर्थिक दायित्व पूरा गर्दै सदस्यता शुल्क तिरे

1.69K
shares

११ असार, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् ।

सो पार्टीको केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिरेको हो ।

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएको थियो ।