उपचारमा लापरबाही भई बच्चा गुमाएका परिवारलाई डेढ करोड क्षतिपूर्ति दिन फैसला

2.61K
shares

काठमाडौं । उपचारमा लापरबाही भई आफ्नो बच्चा गुमाएका परिवारलाई उपभोक्ता अदालतले ठूलो रकमको क्षतिपूर्ति तिर्न फैसला गरेको छ।

बिहीबार न्यायाधीशहरू रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले हिमाल हस्पिटल प्रा।लि। र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो।

फैसलाअनुसार अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सक जयदेव यादवलाई ३० प्रतिशत क्षतिपूर्ति तिराउने आदेश भएको हो। यसअनुसार अस्पतालले १ करोड १ लाख ८० हजार रुपैयाँ र चिकित्सक यादवले ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ।

२०८० माघ २३ गते गंगा गौतमले आफ्नो २८ महिनाकी छोरी प्रशंसालाई उपचारका लागि अस्पताल लगेका थिए। तर, स्वास्थ्य सुधार नभई अस्पताल र चिकित्सकको लापरबाहीले अवस्था बिग्रिएर मृत्यु भएको शिशुका बुवाको भनाइ छ।