युएसएआइडीको सहयोग रोकिदा एचआईभीरएड्स रोकथाममा चुनौती, संक्रमित प्रत्यक्ष प्रभावित
वि.सं.२०८२ असार १३ शुक्रवार १९:२९
shares

काठमाडौं । नेपालमा एचआईभीरएड्स रोकथाम र उपचारका क्षेत्रमा अमेरिकन सहायता नियोग युएसएआइडीको सहयोग कटौती भएपछि संक्रमण रोकथाममा गम्भीर चुनौती देखिएको छ।
शुक्रबार काठमाडौंमा आयोजित एएचएफ नेपालको अन्तरक्रियामा वक्ताहरूले विदेशी सहयोग बन्द भएपछि विशेषगरी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरू प्रभावित भएको बताएका छन्। कार्यक्रममा ब्लु डाइमण्ड सोसाइटीकी प्रतिनिधि ज्योति थापाले युएसएआइडीको परियोजना बन्द भएपछि देशभरका २०–२१ जिल्लामा सञ्चालनमा रहेका एचआईभीरएड्स रोकथाम तथा उपचार केन्द्रहरू ठप्प हुने स्थितिमा पुगेको जानकारी दिइन्।
“सहयोग बन्द हुँदा हामीले सञ्चालन गर्दै आएका स्वास्थ्य केन्द्र, एचआईभी परीक्षण सेवा र अधिकारका वकालत कार्यक्रम बन्द गर्नुपरेको छ,” उनले भनिन्, “यसले संक्रमण दर फेरि बढ्न सक्ने खतरा देखिएको छ।”
थापाका अनुसार, ब्लु डाइमण्ड सोसाइटीले युएसएआइडीको सहयोगमा जोखिममा रहेका समूहहरूलाई लक्षित गर्दै परीक्षण, परामर्श र औषधि वितरण जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको थियो। “अब भने कार्यक्रम नै धरापमा परेको छ,” उनले चिन्ता व्यक्त गरिन्।
कार्यक्रममा स्वास्थ्य विज्ञ डा। सर्वेस शर्माले नेपाल सरकारले एचआईभीरएड्स नियन्त्रणलाई अब घरेलु प्राथमिकता बनाउनु पर्ने धारणा राखे। “२०३० भित्र एचआईभी अन्त्य गर्ने लक्ष्यमा पुग्न सरकारी स्रोत र प्रतिबद्धता अनिवार्य भइसकेको छ,” उनले भने।
कार्यक्रममा सहभागीहरूका अनुसार, संक्रमण रोकथाममा कार्यरत संस्थाहरूलाई स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रबाट दीर्घकालीन योजना सहितको सहयोग आवश्यक छ। युएसएआइडीको सहयोग रोकिनु केवल आर्थिक संकट मात्र नभई, हजारौं संक्रमित र जोखिम समूहका व्यक्तिहरूको जीवन र स्वास्थ्यमाथिको सीधा खतरा हो भन्ने निष्कर्ष कार्यक्रममा निकालिएको थियो।













