पाल्पा तानसेनमा एकल महिला कुन्ता बस्यालको उठिबास, न्यायको गुहार

2.83K
shares

काठमाडौं । पाल्पा तानसेन नगरपालिका–१ की एकल महिला कुन्ता बस्यालले पूर्व वडाध्यक्ष तुलसी गिरीलगायतले उनको व्यक्तिगत एक रोपनी जग्गामा जबर्जस्ती सडक खनेर आफूलाई घरबारविहीन बनाएको आरोप लगाएकी छन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बस्यालले वडा, नगरपालिका र जिल्ला प्रशासनसम्म गुहार गर्दा पनि न्याय नपाएको बताइन्। उनका अनुसार, आफ्नै नाममा लालपुर्जाधारी जग्गा बीचबाट सडक खनेर त्यहाँ घर समेत बस्न नसक्ने बनाएपछि आफू राजधानी आइ न्याय खोज्नुपरेको हो।

बस्यालले यो काम स्थानीय नेताहरूको मिलेमतोमा व्यक्तिगत स्वार्थ र भू–मूल्य बढाउन गरिएको बताइन्। उनले प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख र अदालत समेतबाट न्याय नपाएको गुनासो गरिन्।

नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र वर्तमान वडाध्यक्ष सुनिल बस्यालले यो घटना आफ्नो कार्यकालअघिको भएको भन्दै पन्छिए। बस्यालले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र मानव अधिकार आयोगसँग न्यायको अपिल गरेकी छन्।