नेपालले जित्यो यू-१६ इस्ट जोन कपको उपाधि
वि.सं.२०८२ असार २१ शनिवार १३:०५
2.07K
shares
shares

काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले ।
त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।
नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।












