तिब्बत हुँदै मुस्ताङको कालीगण्डकीमा मिसिने छिनजुन खोलामा बाढी, सचेत रहन आग्रह

1.39K
shares

काठमाडौं । चीनको तिब्बतबाट उपल्लो मुस्ताङ हुँदै कालीगण्डकीमा मिसिने छिनजुङ खोलामा बाढी आएको छ ।

छिनझुन खोलाको बाढी कालीगण्डकीमा आएर मिसिएको छ ।

बाढी आएपछि खोला र नदी आसपासका गाउँमा सतर्कता अपनाउन आग्रह गरिएको सुरक्षा परिचालन समेत भइसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु भुसालले जानकारी दिए ।

‘तिब्बत हुँदै आउने छिनजुङ खोलाको बाढी छुसाङमा आएर कालीगण्डकीमा मिसिन्छ । चरनङ, घि, छससाङ गाउँ हुँदै तल आएपछि जोमसोमसमेत किनारमै पर्छ,’ भुसालले भने, ‘बाढी ठूलै देखिन्छ ।आसपासका गाउँमा सचेत गराइसकेका छौं।’

कालीगण्डकी आसपासका बस्तीहरूमा पनि असर गर्न सक्ने भएकाले सचेत गराइएको उनले बताए । यसअघि २०८० साउनमा कागखोलामा बाढी आउँदा कागबेनीमा ठूलो क्षति पुर्याएको थियो।