राराको सल्लेरी बजारमा अनुगमन, अखाद्य बस्तु भेटियो

2.08K
shares

काठमाडौं । नेपालको ठूलो सुन्दर रारा तालको काखमा रहेको सल्लेरी बजारमा स्थानीय नागरिक र रारा घुम्न आउने पर्यटकहरुको स्वास्थ्यलाई मध्यनजर गरी सरोकारवाला निकायबाट होटल तथा पसल अनुगमन गर्दा होटलहरुमा सरसफाइ नभएको भेटिएको छ ।

होटलमा अनुगमनका क्रममा पर्यटक तथा अन्य स्थानीय नागरिकहरुबाट जनगुनासो नहोस भन्ने हिसाबले सल्लेरी बजारमा रहेका पसल होटलमा जिल्ला सहयक प्रमुख जिल्ला अधिकारीको संयोजकमा जिल्लामा रहेका सरोकारवाला निकार्यहरुको उपस्थितिमा बजार अनुगमन गर्दा म्याद नाघेका अखाद्य बस्तु चाउचाउ ,बिस्कुट , चिउरा, आटा, दालमोट, पेय पदार्थ, मदिरा, सुर्तिजन्य बस्तु लगायत म्याद गुज्रेका सामान बरामद गरी प्रक्रिया पुरा गरी नष्ट गरिएको छ ।

होटलहरुका सरसफाइ गर्न सुझाव दिंदै अर्को पटक म्याद सकिएका सामान विक्री गर्ने पसलहरुलाई कारवाही गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका प्रमुख कमल भट्टले बताए ।